सुनको मूल्य बढ्यो, चाँदीको घट्यो 

नेपाली बजारमा सुनको मूल्य बढेको बढ्यै छ। शुक्रबार पनि सुनको मूल्य ताेलामा ७ सयले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ७ सयले बढेर १ लाख ३९ हजार ३ सय पुगेको छ। 

बिहीबार सुन प्रतितोला रु १ लाख ३८ हजार ६ सयमा कारोबार भएकाे थियो। 

यस्तै तेजाबी सुन बिहीबार तोलामा रु १ लाख ३७ हजार ९ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु १ लाख ३८ हजार ६ सय ५० निर्धारण भएको छ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ।

बिहीबार प्रतितोला रु १ हजार ७ सय २५ मा कारोबार भएकामा आजका लागि भने रू १ हजार ७ सय २० निर्धारण भएको छ। 

प्रकाशित मिति: : 2024-04-19 11:53:00

प्रतिकृया दिनुहोस्