बिएल संवाददाता
गीत गाएर सामाजिक सञ्जालमार्फत चर्चामा आएकी गुञ्जन सिंहलाई गीत रेकर्डिङकाे अवसर प्राप्त भएकाे छ।
भारतीय भूमिमा जन्मिएर नेपाली गीत संगीतमा रुचि राख्ने सिंहलाई गायक सिपी परियारले नयाँ गीत रेकर्डिङकाे अवसर दिएका हुन्।
सुमधुर स्वर भएकी सिंह र परियारकाे स्वरमा गीत रेकर्ड भएकाे छ। जसकाे भिडियाे छिट्टै बजारमा ल्याउने परियारले जानकारी दिए।
सिंहकाे अन्तर्वार्ता हेरेर उनकाे स्वर मन पराएर गीत रेकर्डिङकाे अवसर प्रदान गरेकाे परियारले बताए। उनले एउटा सुमधुर स्वर उचित स्थान दिन पाएकाेमा खुसी व्यक्त गरे।
नेपालका घटेका घटनालाई जस्ताको तस्तै सम्प्रेषण गर्दै, गाउँ-गाउँमा लुकेका प्रतिभालाई मिडिया मार्फत कलाकारितामा स्थापित गर्दै आएको प्रतिभा र नव प्रतिभाको कला देखाउने साझा थलो भनेर चिनिने (एभरेस्ट इण्टरटेन्मेण्ट नेपाल,लेक साईड टिभी,चौरासी मिडिया)बाट चर्चामा आएकी गुन्जन सिंहलाई गीत रेकर्ड गर्ने अवसर मिलेको छ।
त्यस्तै सिंहले पनि आफ्नाे सपना पूरा भएकाेमा खुसी व्यक्त गर्दै अवसरका लागि परियारलाई धन्यवाद दिइन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया