१५० मिटर गहिरो सेतीको खोँचबाट गोताखोरले निकाल्यो शव

सेती नदीको खोँच (१ सय ५० मिटर गहिरो खोँच) बाट गोताखोरले एक युवकको शव निकालेको छ।

यही वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरीको गोताखोरले सेती नदीको १ सय ५० मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा शव निकालेको हो।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ वर्षका युवक वैशाख १ गतेदेखि हराएकोमा नम्बर २४ कालिका गणको सुरक्षा फौजले सोमवार उनको शव निकालेको हो।
 
 

प्रकाशित मिति: : 2024-04-15 18:39:00

प्रतिकृया दिनुहोस्