बिएल संवाददाता
इरानको लगातार आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू एउटा सुरक्षित घरमा सरेका छन्।
आफू रातभरि ‘घेराबन्दी’मा बिताएको बताउँदै उनी सपरिवार सुरक्षित घरमा सरेका हुन्।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार प्रधानमन्त्री बेन्जामिन आफ्ना सबै परिवारसहित एकजान अमेरिकी अर्बपति साइमन फालिकको घरमा सरेका छन्। यो घर क्षेप्यास्त्रहरूले पनि क्षति गर्ननसक्ने ‘मिसाइल-फ्रुप’ हो।
हमाससँगको लडाईंपछि लगातार आक्रमणको धम्की दिँदै आएको इरानले शनिबार रातिदेखि तीब्र हमला थालेको हो।
इरानले आफ्नो भूमितिर प्रहार गरेका तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोनहरूमध्ये अधिकांश आकाशमै नष्ट गरिएको इजरायलले दाबी गरेको छ।कतिपय क्षेप्यास्त्रहरू अमेरिका र ब्रिटेनको फौंजले पनि नष्ट गरिदिएको थियो।
अप्रिलको सुरुवातमा इजरायलले सिरियास्थित इरानी कुटनीतिक परिसरहरूमा आक्रमण गरेको भन्दै त्यसको जवाफ फर्काएको इरानी समूहले दाबी गरेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया