 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि इजरायलस्थित नेपाली दूतावासले नेपालीहरूलाई अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ।
दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत अनुरोध गरेको छ।
साथै दूतावासले आवश्यक परेमा दूतावासमा सम्पर्क गर्न सकिने भन्दै सम्पर्क नम्बर समेत दिएको छ। दूतावासले द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० मा र सहचारी संजय कुमार साहलाई ०५४-५५८२०७७ मा सम्पर्क गर्न सकिने बताएको छ।
इरानले इजरायलमा गएरातिदेखि आक्रमण सुरु गरेपछि सोमबार राति ११ बजेसम्म लागूहुने गरी शैक्षिक क्रियाकलाप बन्द गरिएको छ भने ठूलो स्तरको सभा-भेला नगर्न निर्देशन जारी गरेको छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया