रस्मिला कवाङ ‘रश्मि’
लाग्थ्यो,
तिमी फगत बहाना बनेर आउँछौं
क्यालेन्डरमा फेरिने अंकहरू मात्र
म त उस्तै नै रही आएकी छु
सधैं अनि अहिलेसम्म
तर,
यो वर्ष फरक बनेर आउँदैछौं
फरक सायद तिमी होइनौं
परिवर्तन त ममा छ
अहम् र स्वार्थलाई सिध्याउँदै
अनि
सहयोग र सद्भावको लाली बन्दै
यस्तै उत्साहको सुरुवात
र त नयाँ लाग्दैछ
हो,
नयाँ वर्ष यतिबेला महशुस गर्दैछु
सधैंझै बिल्कुल छैन यो वर्ष
यो चोटि 'नयाँ' टस्साँउदै
साँची,
नयाँ अनुभूति
उत्साह र उमंङ
खै ,के के पो बोकेर ल्यायौ !
तिम्रो आगमनपछि
मात्र नयाँ नै नयाँ
परिदृश्य कोर्दैछु
बिम्ब प्रतिबिम्वमा
द्रुतगतिमा बढिरहेका
पाइलाहरूको पदचाँप
अनि
यो समयको अस्तित्व
सबै नयाँ छन
हरेक दिन नयाँ हुँदैगर्दा
चैतको सुख्खा खडेरी
पातहरूबिनाको रुखहरू
सुर्यबिनाको बिहानीहरू
रङ खुइलिएका संघर्षहरू
सब नयाँ छन्
जीवनको सन्दर्भ
फरक ढङ्गले प्रस्तुत हुँदा
ढकमक्क फूलहरू
बासन्ती मादकता
चुलिँदै गर्दा
सुदुर क्षितिजमा
रहरहरू, सपनाहरू
विचरण गर्नेछन्
उही बाटोमा
गन्तब्य उही
फरक त मात्र समय छ
अनगिन्ती दिनहरू
निमेषभरमै ओझेल पर्दा
लाग्छ,
हरेक पल नयाँ
उदाउने बिहानी नयाँ
अस्ताउने सन्ध्या नि नयाँ
आखिर,
जिन्दगीमा सधैं नयाँ वर्ष
उजेलीसँगै बिउझिने
संकल्प र आशाहरू
जबसम्म जीवन्त रहीरहन्छन्...
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया