त्रिभुवन विश्वविद्यालयको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

File Photo
File Photo

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर)मा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन्।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाललाई नियुक्त गरेका हुन्।

त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले उनीहरूकाे नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।

त्रिवि ऐनअनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपतिले नियुक्ति गर्नुपर्ने व्यवस्था छ। साेही व्यवस्थाअनुसार त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केसी र रिजाललाई नियुक्त गरेका हुन्।

प्रकाशित मिति: : 2024-04-12 18:13:00

प्रतिकृया दिनुहोस्