बिएल संवाददाता
चलचित्र उद्योगले धेरै मानिसहरूकाे जीवन परिवर्तन गरेकाे छ।
यो लिस्टमा साउथका सुपरस्टार रजनीकान्तदेखि बलिउड स्टार ज्याकी श्राफसम्मका नामहरू सामेल छन्।
कुनैबेला रजनीकान्त बस कन्डक्टरको रूपमा काम गर्थे। याेसँगै बलिउडका ठूला व्यक्तित्वहरूमा आफ्नो बाल्यकाल बिताउने ज्याकी श्राफको नाम पनि उक्त लिस्टमा समावेश छ।
त्यसैगरी आमिर खानको फिल्म 'पीके' मा पुलमा उभिएको भिखारीकाे नाम मनोज रोय हाे। भलै, फिल्ममा मनोजको भूमिका ५ सेकेन्डको भए पनि त्याे दृश्यले उनको जीवन नै बदलियो।
मनोज रोयको कथा निकै रोचक छ। ‘पीके’ मा केही सेकेन्डको भूमिकाले उनलाई गरिबबाट राजामा परिणत गरेको भन्नु गलत हुने छैन।
खासमा मनोज वास्तवमा भिखारी थिए। उनको जीवनमा एक समय यस्तो थियो जब उनी दिल्लीको जन्तर मन्तरमा भीख मागेर आफ्नो जीविकोपार्जन गर्थे।
एक अन्तर्वार्तामा मनोजले भनेका थिए कि एक पटक दुई जना उनीकहाँ आएर अभिनय गर्न सक्छाैं भनेर साेधेका थिए। उनले त्यहीबेला भनेका थिए कि उनी अन्धाे भएकाे अभिनय गरेकै गुजारा गरिरहेका छन्।
मनोजका बुबा दैनिक ज्याला मजदुरी गर्थे उनको जीवनमा एक समय यस्तो आयो जब उनी दिनको दुई छाक खानाका लागि समेत तड्पिनु पथ्याे। मनोज कामको खोजीमा दिल्ली आए तर यहाँ पनि काम पाएनन्।
उनी अन्धो भएको बहाना गरेर भीख माग्न बाध्य भए। मनोजले ती दुई जनालाई भेटेपछि उसलाई २० रुपैयाँसहित आफ्नो फोन नम्बर दिए।
उनलाई नेहरू स्टेडियममा अडिसनका लागि बोलाइएको थियो, जहाँ उनीसँग अन्य ७ जना भिखारीहरू थिए।
अन्तर्वार्तामा मनोजले फिल्ममा छनोट नहुँदासम्म उनको एकमात्र इच्छा दुई छाक खान रहेको बताए। तर, मनोजको भाग्यमा योभन्दा धेरै गुणा लेखिएको थियो।
‘पीके’ बाट उनी रातारात चर्चित भए। आज उनको पसल, फेसबुक एकाउन्ट र गर्लफ्रेन्ड पनि छ। मनोज आफैंले यो फिल्मपछि आफू गाउँ फर्किएर आफ्नै पसल किनेको बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया