राष्ट्रिय सभाकी उपाध्यक्ष घिमिरेले लिइन् शपथ

नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण लिएकी छिन्। 

उनलाई बुधबार साँझ राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सपथ ग्रहण गरेका थिए।  

शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो।

शपथ ग्रहणपछि उनले पदभार पनि गरेकी छिन्। 

यसअघि उपाध्यक्ष घिमिरे बुधबार मात्र निर्वाचित भएकी थिइन्। एमालेबाट उम्मेदवार बनेकी  घिमिरेले ३९ मत पाएकी थिइन्। 

विपक्षमा १६ मत परेको थियो। मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए।

उपाध्यक्षमा काँग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

प्रकाशित मिति: : 2024-04-10 18:27:00

प्रतिकृया दिनुहोस्