प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन्।
बुधबारको बैठकमा सभामुखले शून्य समय सुरु गर्नासाथ काँग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए।
यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिएका थिए। दलीय आधारमा सांसदहरुलाई बोल्न भने अवरोध गरिएको थिएन।
लगातारको अवरोधपछि सभामुखले संसदको बैठक २०८१ वैशाख २ गते ११ बजेसम्मका लागि स्थगित गरेका छन्।