रवि लामिछाने गृहमन्त्री भएदेखि सहकारी ठगीकाे छानबिन राेकियाे- काँग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ। प्रतिनिधिसभाको बैठक सुरु हुना साथ नेपाली काँग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए।

सभामुखको अनुमतिले काँग्रेसका सांसद रामहरी खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भएको दाबी गरेका थिए।

सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप लगाउँदै संसदीय छानिबन आवश्यक रहेको बताए।

सांसद खतिवडाले आफूहरुका माग सरकारले नसुनेको बताउँदै सहकारीको एक अर्बभन्दा बढी गोरखा मिडियामा लगानी भएको र सो मिडियाको प्रबन्ध निर्देशक रवि लामिछाने रहेकोले छानबिनको माग आफूहरुले गरेको बताए।

उनले आफूहरुले कसैप्रति पूर्वाग्रह नराखेको बताउदै गल्ती छैन भने छानबिनको लागि किन तयार नभएको भन्दै प्रश्न गरेका थिए।

प्रकाशित मिति: : 2024-04-10 12:22:00

प्रतिकृया दिनुहोस्