प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछानेले दलसम्बन्धी विधेयक पेश गर्ने

फाइल तस्विर
फाइल तस्विर

प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बाेलाइएकाे छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौँ वार्षिक प्रतिवेदन- २०८० पेश गर्ने छन्।

संघीय संसद सचिवालयका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तराष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सबन्धित सम्झौता’को प्रावधानमाथि सदनमा छलफल गरियोस् र अनुमोदन गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संसोधन) विधेयकमाथिवि चार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन।

साथै उद्याेग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

यद्यपि, सहकारी ठगी प्रकरणमा छानबिन समितिकाे माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठक अवराेध गर्ने चेतावनी दिएकाे छ। यसबारे निर्णय गर्न काँग्रेस संसदीय दलकाे बैठक बसेकाे छ।

प्रकाशित मिति: : 2024-04-09 07:01:00

प्रतिकृया दिनुहोस्