सुनकाे मूल्य हालसम्मकै उच्च

फाइल तस्विर
फाइल तस्विर

नेपाली बजारमा सोमबार पनि सुन-चाँदीको मूल्य बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा रु. ६०० ले बढेर रु. १ लाख ३६ हजार २०० कायम भएको छ। यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो।

यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ किनबेच भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो।

चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2024-04-08 11:15:00

प्रतिकृया दिनुहोस्