गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन्।
मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार शपथ गराएका हुन्।
अधिकारीसँगै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र रूपमा निर्वाचित सांसद दीपक मनाङे (राजीव गुरूङ)ले पनि मन्त्रीकाे शपथ लिएका छन्।
चुमान र मनाङे विनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका हुन्।
मनाङे यसअघि नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वकाे सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए।
एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा खगराज आजै गण्डकीकाे मुख्यन्त्रीमा नियुक्त भएका हुन्।
उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।