जितबहादुरले गरे श्रीमती सुनमायाको हत्या

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

प्रहरीका अनुसार कुमालले हतियार प्रहारबाट श्रीमतीको हत्या गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

प्रकाशित मिति: : 2024-04-06 19:48:00

प्रतिकृया दिनुहोस्