जसपाकाे समानुपातिक सांसदमा हसिनाकाे नाम सिफारिस

जनता समाजवादी पार्टी (जसपा) नेपालले बाँकेकी हसिना खानलाई प्रतिनिधिसभाकाे समानुपातिक सांसद बनाउने भएको छ।

बिहीबार बसेकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले समानुपातिक सांसदका लागि खानकाे नाम सिफारिस गरेको हो।

जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि उक्त रिक्त स्थानमा जसपाले खानलाई पठाएको निर्णय गरेकाे हो।

२०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन्। उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा अन्सारीको पठाएको थियो। तर उनको पनि गत चैत ४ गते निधन भएपछि उक्त स्थान खाली रहेको छ। 

प्रकाशित मिति: : 2024-04-04 12:53:00

प्रतिकृया दिनुहोस्