सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २२ गते विश्वासको मत लिने

File Photo
File Photo

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री शाहले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव मंगलबार प्रदेशसभामा दर्ता भएकाे हो।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए। संविधानअनुसार चैत्र २२ गते विश्वासको मत लिने अन्तिम दिन पनि हो।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८ सांसद रहेका छन् भने नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ७ सांसद रहेका छन्। सुदूरपश्चिममा बहुमतका लागि २७ प्रदेशसभा सदस्य आवश्यक पर्दछ। नाउपामा विवाद बढेपछि मुख्यमन्त्री शाहको संकट बढेको हो। नाउपाले विश्वासको मत दिने/नदिने स्पष्ट रहेको छैन।

त्यस्तै सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११, एमालेका उपसभामुखसहित १०, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद रहेका छन्।

यसैबीच केन्द्रमा रहेको नयाँ समीकरणमा रहेका दलहरुबीच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ।

प्रकाशित मिति: : 2024-04-02 12:47:00

प्रतिकृया दिनुहोस्