सर्लाही प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
मलंगवा बजारमा श्रोत नखुलेको नगद रकमसहित हुण्डी कारोबार गर्ने दुई जनालाई अवैध हुण्डी कारोवारको रकम ओसारपसारको सूचनाको आधारमा दुई जनालाई नगद पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले दुई जनालाई स्रोत नखुलेको २७ लाख ७५ हजार ६ सय ७० नगदसहित पक्राउ गरेको बताए। एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा वर्ष २४ को कमर राजा र वर्ष ४० को आरिफ अन्सारी छन्।
प्रहरी टोलीले सूचनाको आधारमा राजाको साथबाट कालो रङको झोला नगद १ सयका एक हजार थान गरी १० लाख र लक्ष्मी सनराईज बैंकको ९ लाख ९०,हजार जम्मा गरेको २ वटा भौचरसमेत समेत बरामद गरेको थियो।
प्रहरीले अनुसन्धानको क्रममा उक्त रकम आरिफ अन्सारीको रहेको र उक्त आरिफ अन्सारीले सञ्चालन गरेको फोन सिटी मोबाइल पसलमा छापा मार्दा खैरो रङको कपडाको झोलाभित्र कालो प्लाष्टिकमा लुकाईछिपाई राखेको अवस्थामा १ सयको दरको नोट १ हजार ४ सय ५४ थान गरी १४ लाख ५४ हजार, ५ सयको नोट ६ सय २२ थान ३ लाख ११ हजार १ सयको नोट १ सय ९ थानमा १० हजार ९ सय गरी १७ लाख ७५ हजार ९ सय ७० गरी जम्मा २७ लाख हजार ९ सय बरामद गरेको छ।
प्रहरी स्रोत अनुसार आरिफ अन्सारी मानव तस्करी र अवैध सुन कारोवारीसमेत रहेको खुलेको छ।
उनीहरूमाथि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको छ। उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत सलाहीमा प्रहरीलाई अनुमति दिएको छ।