रेशम विदेशमा रहेकाे बेला रञ्जिताले बोलाइन् बैठक, बहिष्कार गर्ने तयारीमा चौधरी पक्ष

File Photo
File Photo

नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा पुन: विवाद बढेकाे छ।

अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला आजको लागि टिकापुरमा केन्द्रीय समितिको बैठक बोलाएपछि विवाद बढेको हो। चौधरी हाल जापान भ्रमणमा छन्। 

संरक्षक चौधरीको उपस्थितिबिना बैठक बस्न लागेको भन्दै उनी समर्थक केन्द्रीय सदस्यले बैठक बहिष्कार गर्ने तयारी गरेका छन्।

अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी नभएको अवसरमा बैठक बोलाएर सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गराउन खोजेको नाउपाका नेताहरुले बताएका छन्।

पार्टी अध्यक्ष श्रेष्ठले केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेकी छन् भने प्रदेशमा पनि सोही समीकरणलाई समर्थन गर्नुपर्ने बताउँदै आएकी छन्।

तर संरक्षक चौधरीले भने सुदूरपश्चिममा आफ्नो दललाई सहभागी बनाएर नाउपाका ७ जनामध्ये ५ जना सांसदलाई मन्त्री बनाएका छन्। 

प्रकाशित मिति: : 2024-03-27 10:34:00

प्रतिकृया दिनुहोस्