कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय वि-भागमा १० जना सदस्य मनोनीत गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावल प्रमुख रहेको गैरसरकारी संस्था समन्वय विभागमा १० जना सदस्य मनोनीत गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

विभागको सदस्यमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज आर्याल, प्रल्हादवावु पन्त, यज्ञश्वर पौडेल, चूर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलकबहादुर मल्ल, अम्बीकुमारी थापा र उत्तमराज जोशी मनोनीत भएका छन्।

प्रकाशित मिति: : 2024-03-26 18:44:00

प्रतिकृया दिनुहोस्