राष्ट्रियसभाकाे लागि कांग्रेसका प्रमुख सचेतकमा रोकाय मनोनीत

नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनीत गरेको छ।

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले रोकायलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन्।

उनी कांग्रेस कर्णालीका महामन्त्री एवम् राष्ट्रियसभा सदस्यसमेत हुन्। 

प्रकाशित मिति: : 2024-03-25 14:50:00

प्रतिकृया दिनुहोस्