मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले आफ्नो पनि घाँटी रेटे

तेजन खड्का

उर्लाबारी

माेरङकाे बेलबारी नगरपालिका वडा नं. १ स्थित भेडा टाेलमा भाडामा बस्दै आएका एक पुरुषले श्रीमतीकाे हत्या गरी आफ्नाे पनि घाँटी रेटेका छन्।

६० वर्षीय बमबहादुर लिम्बुले बुधबार राति साढे १ बजेकाे समयमा आफ्नी श्रीमती ४५ वर्षीया गीता लिम्बुकाे धारिलाे हतियार दाउ प्रयाेग गरेर हत्या गरेकाे र श्रीमतीकाे हत्यापछि उक्त दाउले आफ्नाे घाँटी रेटेकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख एसपी नवराज कार्कीकाका अनुसार आन्तरिक विवादपछि लिम्बुले श्रीमतीमाथि दाउ प्रहार गरेका थिए र साेही दाउले आफ्नाे पनि घाँटी रेटेका थिए।

घाँटी रेटेका लिम्बु घटनास्थलमा घाइते अवस्थामा भेटिएका थिए। घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि तत्काल नाेबेल अस्पताल विराटनगरतर्फ लगिएकाे थियाे। तर, अस्पतालले लिम्बुकाे मृत्यु भएकाे घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ।

उनकाे शव काेशी अस्पतालमा राखिएकाे छ।

घटनास्थल सुरक्षित राखेर अनुसन्धान जारी राखेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2024-03-20 08:25:00

प्रतिकृया दिनुहोस्