भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ।  भोजपुर नगरपालिका २ का राजेन्द्र राईले (रामप्रसाद राई)ले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ। 

राईले  सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। हत्यापछि राई आफैँले गएराति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेका थिए।

लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो।

अभियुक्त राईलाई  प्रहरीले नियन्त्रणमा लिएको छ। उनको पनि पेटमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: : 2025-07-06 08:13:00

प्रतिकृया दिनुहोस्