मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन्।
खड्कालाई सोमबार दिउँसो अत्याधुनिक हतियारसहित पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
‘अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ’, उनले भने।
सर्वोच्चमा आज प्रसाईंकाे मुद्दामा सुनुवाइ भइरहेको छ। झापाको बुद्धशान्ति गाउँपालिका-३ घर भएका खड्का प्रसाईंसँगै सर्वोच्चमा पुगेका थिए।खड्कासँगै रामकुमार धिमाल पनि पक्राउ परेकाे प्रहरीले बताएकाे छ।