नेकपा नाम भएका सबै पार्टी विजुली गतिमा एक होलान् जस्तो देखियो- गाेकुल बास्काेटा

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गाेकुल बास्काेटाले फेरि कम्युनिस्ट पार्टीहरु एकताकाे सम्भावना बालियाे बताएकाे बताएका छन्। बास्काेटाले सामाजिक सञ्जाल एक्समार्फत् यस्ताे बताएका हुन्।

‘नेकपा नाम भएका जति सबै पार्टी विजुली गतिमा फेरि एक होलान जस्तो दोखियो। र, यो बोटबिरुवामा पालुवा पलाउने समय हो,’ उनले भने।

उनले केही दिनमा नै माओवादी र माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजवादी पार्टी एकीकृत हुने सम्भावना प्रवल रहेकाे बताए।

प्रकाशित मिति: : 2024-03-16 13:08:00

प्रतिकृया दिनुहोस्