प्रचण्डकाे व्यस्तताका कारण भोलिका लागि सर्‍यो माओवादी स्थायी समिति बैठक

आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः सरको छ।

गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आजका लागि तय गरिएको थियो।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक भोलिका लागि सारिएको हो। अब सो बैठक भोलि पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ।

सो स्थायी समिति बैठकमा विधान अधिवेसनवाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रमलगायत एजेन्डामा छलफल गरिने भनिएको छ।
 

प्रकाशित मिति: : 2024-03-14 07:23:00

प्रतिकृया दिनुहोस्