एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

File Photo
File Photo

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ।

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध तीन दलका शीर्ष नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको हो।

प्रधानमन्त्री प्रचण्डले भाेलि बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन्।

यसैगरी एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएकाे छ।

छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेता सहभागी थिए।

प्रकाशित मिति: : 2024-03-12 11:26:00

प्रतिकृया दिनुहोस्