चाेटमा काँग्रेस नेताहरुकाे तारन्तार भेट, आज पनि देउवा निवासमा बस्दैछ पदाधिकारी बैठक

फाइल तस्विर
फाइल तस्विर

नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ।

प्रतिपक्षमा पुगेपछि पार्टीले संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

बैठक दिउँसो ३ बजे देउवा निवास, बूढानीलकण्ठमा बस्नेछ।

सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी मात्रै उपस्थित रहने छन्।

प्रकाशित मिति: : 2024-03-12 08:00:00

प्रतिकृया दिनुहोस्