मन्त्रिपरिषद्का समितिको समन्वय गर्न ताेकिए संयोजक, प्रधानमन्त्रीलाई राजनीतिक समितिको जिम्मेवारी

मन्त्रिपरिषद्का समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय भएकाे हाे।

साेमबार बसकाे मन्त्रिपरिषद् बैठकले समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्री शर्माका अनुसार राजनीतिक समितिको संयोजककाे जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।

यसैगरी आर्थिक पूर्वाधार समितिमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिमा माननीय उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई संयोजककाे जिम्मेवारी ताेकिएकाे छ। 

प्रकाशित मिति: : 2024-03-11 19:05:00

प्रतिकृया दिनुहोस्