कर्णाली पुलमाथि ट्रकमा आगलागी (भिडियाे)

कैलालीकाे चिसापानीस्थित कर्णाली पुलमाथि ट्रकमा आगलागी भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको इलेक्ट्रोनिक सामान बोकेको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार आगलागीको कारण भने खुलेको छैन।

आगलागी नियन्त्रणका लागि दमकलसहित प्रहरी टोली खटिएको छ। ट्रकमा लागेको आगोले कर्णाली पुलमा पनि सल्किएको छ।

प्रकाशित मिति: : 2024-03-11 17:17:00

प्रतिकृया दिनुहोस्