राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादीबाट नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा पुगेर सत्ता गठबन्धनका तर्फबाट दाहाल र प्रमुख प्रतिपक्ष दल कांग्रेसको तर्फबाट शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।
दाहालको प्रस्तावकमा माओवादीका गोपी सार्की अछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।
त्यसैगरी शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोकतान्त्रिक पार्टी (लोसपा)का किरणबाबु श्रेष्ठ रहेका छन्।
राष्ट्रियसभा अध्यक्ष चयनका लागि भाेलि (मङ्गलबार) चुनाव हुँदैछ।