प्रधानसेनापतिसँग जनमुक्ति सेनाका उपप्रमुखको भेट

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिबीच आइतबार भेटवार्ता भएको छ।

चिनियाँ जनमुक्ति सेनाका इन्टरनेसनल मिलिटरी कोअप्रेसन अफिसका उपप्रमुख मेजर जनर झाङ बाओक्वुनले प्रधान सेनापति शर्मालाई जङ्गी अड्डा पुगेर भेटेका हुन्।

भेटका क्रममा दुई देशका सेनाबीचको सहकार्य विषयमा छलफल भएको सैनिक जङ्गी अड्डाले जनाएको छ। नेपाल भ्रमणमा बाओक्वुन नेतृत्वको ६ सदस्यीय टोली चार दिने नेपाल बसाई सकेर सोमबार स्वदेश फर्कँदै छ।

प्रकाशित मिति: : 2024-03-10 19:31:00

प्रतिकृया दिनुहोस्