पशुपतिमा महाशिवरात्रि: गाँजामा रम्दै साधुसन्त (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदैछ। महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ।

यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ। बिहान २ बजेदेखि नै पशुपतिनाथमा भक्तजनहरूले दर्शन गरिरहेका छन्।

भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैवटै ढोका बिहान २ बजेदेखि खोलिएको छ। शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन्।

पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु निषेध गरिएको छ। तर पनि साधुसन्तलगायत अन्य सर्वसाधरणले गाँजा, भाङ सेवन गरिरहेका छन्। साधुसन्तले भक्तजनहरूलाई गाँजा बच्दै आफू पनि गाँजामै रम्नमा व्यस्त छन्। 

प्रकाशित मिति: : 2024-03-08 11:06:00

प्रतिकृया दिनुहोस्