नागढुंगा सुरुङमार्गको संसदमै विरोधः पानी संकटबाट गाउँलाई बचाउन सरकारसँग माग

नागढुंगा सुरुङमार्गले चन्द्रागिरी नगरपालिका १ र २ मा निम्त्याएको पानी संकटको विषय संसदमा पुगेको छ। 

दुई वडामा पानी संकट र घरहरू चर्किन थालेपछि स्थानीयले फागुन ६ गतेदेखि सुरुङमार्गको काम ठप्प पारेका छन्। 

बिहीबारको संसद बैठकमा कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले स्थानीयको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। 

यसअघि बिएल नेपाली सेवाले बस्तीमुनि नागढुङ्गा सुरुङ मार्गः मूलहरू सुकिसके, घरहरू चर्किन थाले शीर्षकमा स्टोरी गरेको थियो। 

सांसद केसीले भने– ‘स्थानीय व्यक्तिहरुले पानीको मुहान सुकेको छ, मुआब्जा पाएका छैनौँ भनेर धेरै लामो समयदेखि काममा अवरोध गरेका छन्। तर सरकार मुकदर्शक भएर बसेको छ। जनताले गरेको माग तत्काल सम्बोधन गरेर राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तत्काल सुरु होस्।’ 

प्रकाशित मिति: : 2024-03-07 12:41:00

प्रतिकृया दिनुहोस्