एकीकृत समाजवादी पनि सरकारमा जाने

माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारमा सहभागी हुने भएकाे छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलाेकनगरमा बसेकाे केन्द्रीय सचिवालयले नवगठबन्धन सरकारमा जाने निर्णय गरेकाे प्रवक्ता जगन्नाथ खतिवाडाले जानकारी दिए।

बुधबार नै प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेकाे गठबन्धनकाे बैठकले एकीकृत समाजवादी पार्टीलाई दुई मन्त्रालय दिने निर्णय गरेकाे थियाे।

प्रकाशित मिति: : 2024-03-06 14:37:00

प्रतिकृया दिनुहोस्