एमालेबाट काे–काे बन्दैछन् मन्त्री?

पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नयाँ सरकारमा नेकपा एमालेले शीर्ष नेतृत्व नपठाउने भएको छ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर हालै एमालेसँग नयाँ गठबन्धन गरेका प्रचण्ड नेतृत्वको सरकारमा ‘जुनियर नेता’ले प्रतिनिधित्व गर्ने भएका छन्।

जसअनुसार एमालेबाट रघुवीर महासेठको नेतृत्वमा प्रारम्भिक चरणमा ७ जनाको नामावली प्रधानमन्त्री प्रचण्डलाइ बुझाउने भएको छ।

स्रोतकाअनुसार यसअघि सपथ लिएर बिनाविभागीय मन्त्री रहेका पदम गिरीसहित दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह, हरिप्रसाद उप्रेती र बलराम अधिकारीलाई मन्त्रीमा सिफारिस गरिएको छ।

प्रकाशित मिति: : 2024-03-06 14:27:00

प्रतिकृया दिनुहोस्