उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री बन्दै रघुवीर महासेठ

एमाले सचिव रघुवीर महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने भएका छन्।

उनी यसअघि उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन्। उनले परराष्ट्र र भौतिक योजना मन्त्रालयको नेतृत्व गरिसकेका छन्।

गृह र अर्थ मन्त्रालय एमालेको भागमा परेको भए विष्णु पौडेल सरकारको नेतृत्व गरेर जाने सम्भावना थियो। तर यी दुवै मन्त्रालय नपाएपछि एमाले भौतिक पूर्वाधार लिएर रघुवीरलाई पठाउने निर्णय गरेको हो।

प्रकाशित मिति: : 2024-03-06 14:21:00

प्रतिकृया दिनुहोस्