गण्डकी सरकार अल्पमतमा, माओवादीले दिएको समर्थन फिर्ता

फाइल तस्विर
फाइल तस्विर

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ।

यसअघि मंलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गरेका थिए।

प्रकाशित मिति: : 2024-03-06 12:44:00

प्रतिकृया दिनुहोस्