‘कुर्सीको लागि तँछाडमछाड गर्ने प्रवृति जनतालाई धोका हो’

नयाँ गठबन्धन सरकारमा जाने निर्णयपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक विवाद थप चर्किंदै गएको छ।

सभापति रवि लामिछानेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने निर्णय गराएपछि असन्तुष्टिहरू सार्वजनिक भइरहेका छन्।

मन्त्री बन्ने लोभमा पार्टी नेतृत्वले सत्तामा जान हतार गरेको केही सांसद् तथा नेताहरूले आरोप लगाएका छन्। 

सभापति लामिछाने चुनावताका गरेकाे आफ्नै प्रतिबद्धतासमेत भुलेकाे सांसद् सोविता गौतमले बताइन्।

‘जनताको कुराहरू छायाँमा पारेर कुर्सी र सत्ताको लागि तँछाडमछाड गर्ने प्रवृतिले हामीलाई कही पुर्याउँदैन’, उनले भनेकी छन्, ‘यो गठबन्धन भन्ने नै जनताको लागि सबैभन्दा ठूलो धोका हो।’

रास्वपा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा सभापति लामिछानेले पार्टीभित्र कुनै विस्तृत सल्लाह नगरेको उनको भनाइ छ। 

पार्टी सभापति लामिछानेको नेतृत्वमा पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा असहमति जनाउँदै केन्द्रीय सदस्य गणेश कार्कीले यसअघि नै असहमति पत्र पार्टी मुख्यालयमा दर्ता गराइसकेका छन्।

प्रकाशित मिति: : 2024-03-06 07:22:00

प्रतिकृया दिनुहोस्