एमालेको सचेतकमा सुनिता बराल

नेकपा (एमाले) संसदीय दलको सचेतकमा सुनिता बराल चयन भएकी छन्।

पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई आज सचेतककाे जिम्मेवारी दिएका हुन्।

यसअघि सचेतक रहेका महेश बर्तौलालाई मुख्य सचेतककाे जिम्मेवारी दिएपछि बराल सचेतकमा चयन भएकाे एमाले नेताहरूले जनाएका छन्।

अनेरास्ववियुको राजनीतिबाट आएकी उनी समानुपातिक सांसद हुन्।

प्रकाशित मिति: : 2024-03-05 15:34:00

प्रतिकृया दिनुहोस्