बिएल संवाददाता
साफ यू–१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साेमबार सम्पन्न खेलमा नेपालले भूटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे।
खेलको १४औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो। पूजाले गोल गरेको चार मिनेटपछि कप्तान भूमिकाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।
खेलको ३१औँ मिनेटमा ग्यान्सुले एक गोल थपिन्। त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भूटानमाथि सहज जित निकाल्यो। जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो।
नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भएको थियो। यससँगै नेपालले प्रतियोगितामा तीन अङ्क बटुलेको छ। अब नेपालले यही फागुन २४ गते भारतसँग खेल्नेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया