साफ यु- १६ महिला फुटबल: आज नेपाल र भुटान प्रतिस्पर्धा गर्दै

Photo : ANFA
Photo : ANFA

जारी साफ यु– १६ महिला फुटबल प्रतियोगिताअन्तर्गत आज (साेमबार) नेपालले भुटानको सामना गर्दैछ। ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुने छ।

यसअघि सम्पन्न आ- आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन्। भुटानले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो। भने, नेपालले बंगलादेशसँग २-० को हार बेहोरेको थियो।

यस प्रतियोगितामा नेपाल र भुटानसहित भारत र बंगलादेशगरि चार देशले भाग लिएका छन्।

प्रतियोगितामा मंगलबार भारत र बंगलादेश खेल्दै छन्। भने, बिहीबार नेपाल र भारत तथा शुक्रबार बंगलादेश र भुटान खेल्ने तालिका रहेको छ।

त्यसपछि शीर्ष २ देशले आइतबार फाइनल खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति: : 2024-03-04 07:48:00

प्रतिकृया दिनुहोस्