प्रतिनिधिसभा बैठक: आजदेखि प्रि-बजेटमाथि छलफल सुरू हुने

फाइल तस्विर
फाइल तस्विर

प्रतिनिधिसभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बैठक बाेलाइएकाे छ।

संङघीय संसद सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.व. २०७९/८०’ पेश गर्ने कार्यसूची रहेको छ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलम्बन्धी (दोस्रो संसोधन) विधेयक २०८० माथि बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

आ.व. २०८१ /८२ का लागि बिनियोजन विधेयकका सिद्धान्ता र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल प्रारम्भ गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रकाशित मिति: : 2024-03-04 07:37:00

प्रतिकृया दिनुहोस्