वर्षाका कारण नामिबिया र नेदरल्यान्ड्बीचको खेल प्रभावित

राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल प्रभावित बनेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा भएपछि खेल रोकिएको हो।

नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको छ। खेल मैदानमा अहिले कभर ढाकिएको छ।

प्रकाशित मिति: : 2024-03-03 13:50:00

प्रतिकृया दिनुहोस्