नेपालविरुद्ध नेदरल्याण्ड्स १२० रनमा अलआउट

जारी आइसिसी टि- २० सिरिजअन्तर्गतकाे खेलमा नेदरल्याण्डले नेपाललाई १२१ रनकाे लक्ष्य दिएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेदरल्याण्ड अन्तिम ओभरकाे तेस्राे बलमा १२० रन बनाएर अलआउट भयाे।

नेदरल्याण्डका ओपनर मिचेल लेभिट ४ तथा स्याब्राण्ड इङ्गेलब्रेच्ट ० रन बनाएर पहिलाे ओभरमै करण केसीबाट आउट भए।

त्यस्तै ओपनर म्याक्स ओ डह्ड ३१ रन बनाएर आउट भए।

त्यस्तै स्कट इट्वाडर्स १८, टिम भ्यान डेर गगटेन २४, राेएलाेफ भान डेर मेर्वे १८ रन बनाएर आउट भए।

नेदरल्याण्डका तीन जना ब्याटर शून्य रनमा आउट भए।

नेपालका करण केसी र कुशल मल्लले २-२ तथा प्रतिस जिसीले ३ विकेट लिए।

प्रकाशित मिति: : 2024-03-02 13:07:00

प्रतिकृया दिनुहोस्