करणले लिए पहिलो ओभरमै नेदरल्याण्ड्सको दुई विकेट

त्रिकोणात्मक टी-२० सिरिजको निर्णायक खेलमा नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सका दुई ब्याटरलाई नेपालका तीव्र गतिका बलर करण केसीले पेभेलियन फर्काएका हुन्।

करण केसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका हुन् । चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गरेका उनले अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराएका हुन् ।

प्रकाशित मिति: : 2024-03-02 11:46:00

प्रतिकृया दिनुहोस्