म्याकुरीलाई कुट्ने शर्मिला वाइबा पक्राउ

शर्मिला वाइबाकाे फेसबुकबाट
शर्मिला वाइबाकाे फेसबुकबाट

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ परेकी छन्।

आफूलाई सामाजिक अभियन्ता बताउने उनलाई बुधबार सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको हो। 

सिन्धुपाल्चोक पुगेको खबर पाएपछि उनलाई प्रहरीले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा पक्राउ गरेको हो। 

पछिल्लो समय शर्मिला पवन र उनकी श्रीमती सुम्निमा खालिङको वैवाहिक सम्बन्धलाई लिएर चर्चामा छिन्। पवनको विरोध गरिरहेकी उनी सुम्निमाको समर्थनमा थिइन्। 


 

प्रकाशित मिति: : 2024-02-28 16:39:00

प्रतिकृया दिनुहोस्