बिएल संवाददाता
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष रतनकुमार टण्डनले मंगलबार अल्पाइन ट्रेनिङ क्याम्पमा सहभागी हुने नेपाली टिमको एक समारोहबीच बिदाइ गरेका छन्।
कमिटीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रममा उनीहरूले टिमको सफलताको कामना पनि गरे।
फिस डेभलेपमेन्ट प्रोगामअन्तर्गत हुने अल्पाइन ट्रेनिङ क्याम्प चीनको जिलिन प्रान्तको बइदाहु स्कि रिसोर्टमा हुनेछ र यो फेब्रवरी २८ देखि मार्च ८ सम्म आयोजना हुनेछ।
नेपाली टिमको व्यवस्थापकमा स्वराज श्रेष्ठ र प्रशिक्षकमा सफल श्रेष्ठ रहेका छन्।
यस्तै टिमका सदस्यमा दिनेशकुमार बोहरा, देबोरा तिमिल्सिना, लक्ष्मी राई र उज्ज्वल गिरी रहेका छन्।
ट्रेनिङ क्याम्पपछि नेपाली टिमले बइदाहु स्कि रिसोर्टमा हुने ३२ औं अल्पाइन स्कि च्याम्पिनसिपमा पनि सहभागी हुनेछ। कार्यक्रममा नेपाल स्कि संघका अन्य पदाधिकारीको पनि सहभागिता थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया