प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना पक्राउ

File Photo
File Photo

प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन्।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका न्यौपाने र सेन्चुरी बैंककै तत्कालीन सीईओ तुलसीराम गौतमसहित १० जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हाे।

उनीहरूलाई काठमाडाैँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ परिएकाे सीआईबीले जनाएकाे छ। सीआईबीका अनुसार उनीहरू ऋण अपचलन गरेको अभियोगमा पक्राउ परेका हुन्। 

पक्राउ पर्ने हाल प्रभु बैंकमा कार्यरत कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, सन्ध्या श्रेष्ठ, दिपेश प्रधान र रमण श्रेष्ठ रहेका छन्।

प्रकाशित मिति: : 2024-02-27 12:15:00

प्रतिकृया दिनुहोस्