संसद्मा उठेका विषयहरूमा जवाफ दिन सरकारलाई सभामुखकाे निर्देशन

सभामुख देवराज घिमिरेले संसद्मा उठेका विषयहरूमा आगामी बैककमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

साेमबारकाे दाेस्राे  बैठकको सुरुमै सभामुखले आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्।

सभामुखले सरकारलाई रुलिङ गरेसँगै आजकाे संसदको अवरोध हटेको छ।

आजको बैठकमा प्रतिपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले समसामयिक र सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै यस विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुखले सरकारलाई निर्देशन दिएका हुन्।

प्रकाशित मिति: : 2024-02-26 12:54:00

प्रतिकृया दिनुहोस्